शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

शान्ता चौधरीले सदनमा गरिन् रहरलाग्दो माग

दैनिक नेपाल २०७६ माघ २९ गते १४:०६

काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टीकी सचेतक शान्ता चौधरीले प्रतिनिधि सभाको बैठकमा जनताको रहरलाग्दो माग गरेकी छन् ।

बुधबारको बैठकमा बोलेकी चौधरीले गाउँ गाउँमा सिंहदरबार भन्ने सरकारको नारा भए पनि केन्द्रीय राजधानीमा रहेको सिंहदरबारमा जनताले विना अवरोध छिर्न पाउनुपर्ने बताइन् ।

‘बरु दुई घन्टाका लागि खोलौं तर सर्वसाधारणलाई पास अनिवार्य नगरौं, संघीय मन्त्रालयमा सर्वसाधारण विना पास छिर्ने व्यवस्था होस्’, उनले भनिन् ।

सिंहदरबार प्रवेशका लागि सरकारी परिचयपत्र वा नाम टिपाएर नागरिकता देखाएर जानुपर्ने बाध्यता रहेको छ । यसले सर्वसाधारणलाई भने असुविधा रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित