शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सुन पसल चोरी गर्ने एक भारतीयसहित तीन जना पक्राउ, एक करोड बारबरको धनमाल फेला

दैनिक नेपाल २०७६ माघ २९ गते १२:१०

काठमाडौं, २९ माघ । पाटनमा सुन पसली चोरी गर्ने भारतीय नागरिकसहित तीन जनालाई प्रहरीले बुधबार काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र ललितपुर प्रहरी परिसरको संयुक्त टोलीले एक करोड बराबरको गरगहना र नगद पक्राउ परेकाहरूबाट फेला पारेको छ ।

पक्राउ गरिएकालाई ललितपुर प्रहरी परिसरमा ल्याउन लागिएको स्रोतले जनाएको छ । पक्राउ गरिएकाहरूको विवरण केहीबेरमा खुल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित