शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अमेरिकामाथि नेपालको सानदार जीत, ५० ओभरको खेल ६ ओभरमै समाप्त

दैनिक नेपाल २०७६ माघ २९ गते ११:३१

काठमाडौं, २९ माघ । आइसीसी क्रिकेट विश्व लिग–२ म नेपालले अमेरिकामाथि सानदार जीत निकालेको छ । ५० ओभरको खेल ६ ओभरमा समाप्त गर्दै नेपालले अमेरिकाविरुद्ध ८ विकेटको ठूलो जीत निकालेको हो ।

स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा आइतबार नेपालले अमेरिकामाथि दोस्रो जीत निकालेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सन्दीपले ६ र सुशनले ४ विकेट लिए । १२ ओभरमा ३५ रनमा समेट्दै नेपालले अमेरिकालाई स्तव्ध पारेको थियो ।

नेपालले सामान्य लक्ष्य पछ्याउने क्रममा ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलललाई दोस्रो ओभरमै गुमाए पनि पारस खड्का र उपकप्तान दीपेन्द्र सिंहले ३४ रनको साझेदारी गर्दा नेपाले अमेरिकालाई दबाबमा राख्यो । पारस १५ र दीपेन्द्र १५ रनमा अविजित रहे ।

प्रतिक्रिया
सम्बन्धित