शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पूर्वसचिव कार्की पत्नी मुना हत्या : हाईप्रोफाइल परिवारले भोेगेको नियती 

दैनिक नेपाल २०७६ माघ २९ गते ११:०१

स्व. मुना अधिकारी कार्की

काठमाडौं, २९ माघ । २२ बर्षिय विजय चौधरीले पूर्वसचिव अर्जुन कार्की पत्नी मुना अधिकारी कार्कीको हत्या किन गरेका होलान् ? चौधरीले पनि आत्महत्या गरेको भनिएको छ, यसको कारण खोज्नका लागि प्रहरीले अनुसन्धानका अनेक पाटामा अध्ययन गरिरहेको छ ।

शंकास्पद विषयहरू खुल्दै जाँदा बलात्कारपछि हत्या हुनसक्ने अनुमान पनि गरिएको छ । तर यहि विषय सामाजिक सञ्जालमा बहसको विषय पनि भएको छ ।

११ बर्षदेखि सानेपास्थित कार्कीको घरमा कार्यरत चौधरी मालिक्नी मुनाको हत्या गर्ने अवस्थासम्म कसरी पुगे होलान् ? के त्यसअघि पनि चौधरीले कुनै आक्रमण वा त्यस्तो व्यवाहार देखाएका थिए ? यसबारेमा केही खुलेको छैन । अथवा कार्की परिवारले चौधरीलाई धेरै दपेटेको थियो ?

प्रहरीका उच्च अधिकारी भन्छन्,‘यी प्रश्नका हरेका पाटामा अनुसन्धानका क्रममा पूर्वसचिव कार्कीसँग पनि बयान लिइनेछ । उहाँले उजुरी पनि दिएका कारणले यसको उत्तरको खोजी प्रहरीले गर्नेछ ।’

चौधरीको भित्री बस्त्रमा देखिएका रगत र विर्यले अन्य कोणमा पनि अनुसन्धानका लागि प्रहरीलाई बाध्य पारेको छ । ‘यो कर्तव्य ज्यानको मुद्दा र आत्महत्या समेत भएकाले अनुसन्धानका अनेक दायरामा प्रहरी प्रवेश गर्नुपर्छ । सूचना चुहावट हुँदा बाहिर कस्तो हल्ला चलिरहेको छ भन्ने विषयले अनुसन्धानलाई प्रभावित गर्दैन, प्रहरीका आफ्नै शैली  प्रक्रिया छन्’, उच्च अधिकारी भन्छन् ।

मुना हत्या प्रकरण हाइप्रोफाइलको दासत्व मनोविज्ञानको प्रतिक्रिया पनि हुनसक्ने सामाजिक रुपमा व्याख्या हुन थालेको छ ।

यसका केही उदाहरण छन् । ‘घर मालिकको हत्यासम्मको अवस्था र आत्महत्या हुनु नयाँ होइन । कार्कीका घरमा भएका यी दुवै घटनाका सम्बन्धमा अन्य नजिरलाई पनि राखेर अनुसन्धान हुन्छ’, ति प्रहरी अधिकारी भन्छन् ।

कार्कीको घरमा आएको यो नियतीलाई समाजशास्त्रीहरू, मनोविज्ञहरूले विविध कारणमा व्याख्या गरेका छन् । त्यसमध्ये एउटा हो– हाइप्रोफाइलमा रहेको दासत्व चिन्तन् ।

विवरणहरूमा उल्लेख भएअनुसार मनोरोग विशेषज्ञ डा. सुनयना यादव भन्छिन्,‘मालिक र कामदारबीच हुने विवाद कस्तो प्रकारको हो, कामदारको मनोविज्ञान कस्तो प्रकारको हो भन्ने विषयले घटनाको परिणामसम्म अध्ययन गर्नुपर्छ ।’

हालै मात्र काठमाडौंमा प्रहरीले पूर्वराजदूत केशव झाको हत्या उनका कामदारले गरेको दाबी गरेको थियो । सानुकान्छा तामाङ भन्ने कामदारलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । सो क्रममा झा परिवारबाट कामदारलाई राम्रो व्यवाहार नहुने गरेको पनि खुलेको बताइन्छ । त्यसको परिणाममा पनि हत्या भएको हुनसक्ने आशंका गरिएको थियो ।

त्यसो त कामदार मालिकको हत्यासम्मको अवस्थामा पुग्ने कारण साना–साना पनि हुन सक्ने पर्याप्त उदाहरण छन् । भारतको हरियाणामा दुई वटा रोटी अपुग हुनेगरी दिँदा कामदारले मालिक्नीको चक्कुले घाँटी रेटी हत्या गरेका थिए । राजेश पासवान नामका घरेलु कामदारले रोजी नामकी मालिक्निीको त्यसरी हत्या गरेको समाचारहरूमा आएका थिए ।

‘नेपाल र भारतको सामाजिक परिवेश र रीतिरिवाज उस्तै हुन्छन् । स–साना कारणले कामदार आवेशमा आएर हत्या गरेको हुनसक्छ’, अधिकारीहरूको आशंका छ ।

स–साना काम र आफ्ना सन्तानलाई सुख दिने रहरले गरिब परिवारका सदस्यलाई अध्ययन गराउने नाममा घरेलु कामदारका रूपमा राख्ने ‘हाइप्रोफाइल चिन्तन’भित्र अपवादका रुपमा आपराधिक परिणाम हुने गरेका छन्, कार्कीको घरमा आएको प्रलय त्यसैको एउटा उदाहरण हो ।

कतिपयले मालिकको यातना सहन नसकेका कारण आफैं पनि आत्महत्या गरेका प्रशस्त विवरण समाचारहरूमा बेलामौका आउने गरेको छ । जसलाई पहुँच र शक्तिका आधारमा कारण नखोजी रफ्फा दफ्फा पनि गरिँदै आएको छ ।

राजधानीमा नै एक कामदार युवती मृत भेटिनु एउटा उदाहरण थियो । दोलखा भिमेश्वर नगरपालिका १ कि २० वर्षीया सुनिता थामी काठमाडौंको धापासीस्थित आफू काम गरिरहेको घरमा मृत अवस्थामा भेटिएकी थिइन् । होटल व्यवसायी सुमित मैनालीको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी उनी घरको छतमा राखिएको पानी ट्यांकीमुनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

घटना शंकास्पद भन्दै थामी परिवारले शव बुझ्न अस्वीकार गरेका थिए । युवतीका बाबुआमाले घटनाको निष्पक्ष छानबिन गदिदिन भन्दै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएका थिए ।

‘यस्ता घटनाका अनेक उदाहरण छन् । तर कार्की परिवारमा देखिएको यो प्रकरणको खास कारणचाहिँ पत्तो लगाउने अनुसन्धान जारी छ’, अनुसन्धान अधिकारीहरू भन्छन् ।

प्रतिक्रिया
सम्बन्धित