९ मंसिर २०८३, बुधबार

फुयाँल भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैँडा, २९ माघ । वागमती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वागमती प्रदेशका प्रमुख सचेतक फुयाँललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो ।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्थ गरेपछि रिक्त रहेको मन्त्रालयको काम आफैले सम्हाल्दै आएका थिए ।

फुयाँल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बनेका हुन् । वागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो ।

वागमती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लागेका हुन् ।