शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अस्ट्रेलियाका एक सय १३ प्रजातिलाई आपत्कालीन सहयोगकाे आश्यक्ता

दैनिक नेपाल २०७६ माघ २९ गते ९:५३

लण्डन, २९ माघ । अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।

लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र बासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएकाे ।

अस्ट्रेलियाले गरेकाे अध्ययनअनुसार दक्षिण र पूर्वमा जङ्गली जनावरले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएका छन् । एक सय १३ प्रजातिमध्ये केही प्रजाति लोप हुने अवस्थामा समेत पुगेको अध्ययनले देखाएको छ ।

अस्ट्रेलियामा पाइने भालु जस्तै जनावर लासका साथै चरा, माछा र भ्यागुता प्रजातिहरू सबैभन्दा धेरै जोखिममा रहेको पनि अध्ययनकाे प्रतिवेदनले देखाएको छ ।

डढेलेको कारण एक अर्बभन्दा धेरै जनावरको ज्यान गएको र ठूलो क्षेत्रफलमा जङ्गल र घाँसेमैदानहरुमा क्षति गरेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित