शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अरब सुदूरक्षेत्रको मरभूमिमा ऊँट चराउने नेपालीलाई कृषि मन्त्री भुसालको अपिल 

दैनिक नेपाल २०७६ माघ २८ गते १७:४९

प्रतिक पौडेल

भैरहवा, २८ माघ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउने वातावरण आवश्यक रहेको बताएका छन् ।

भैरहवामा लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको भवन शिलान्यास गर्दै मंगलबार मन्त्री भुसालले कृषिमा प्रयोग भईरहेको श्रमलाई व्यवस्थित गरी उत्पादन क्षमताको विकास गर्न कृषि क्षेत्रमा पनि बिदेशी लगानी भित्राउन आवश्यक रहेको बताए ।

हामीले लगानी सम्मेलन गरेर बिभिन्न उत्पादन क्षेत्रमा लगानी भित्राउँदा कम्तिमा कृषि क्षेत्रमा लगानी गर्दा केही प्रतिशत नाफा हुन्छ भन्ने बिश्वास लगानीकर्तालाई दिलाई भित्राउनु पनेर्छ, उनले भने ।

म यस क्षेत्रको अध्ययनमै छु म धेरै केही बोल्दीन तर लगानी गरे नाफा हुन्छ भन्ने अवस्थामा पुगेको छु उनले थपे ।

अब सरकारले कृषिमा काम गर्ने नागरिकका लागि मर्नुहुन्न, उद्यम डुब्दैन, मिहेनत खेर जाँदैन, खान नपाएर कोही मर्नुहुन्न, लालाबाला विचल्ली बनाएर हिँड्न पर्दैन भन्ने बेला आएको उनले बताए । भने,‘अरवब मरभूमिका सुदूरक्षेत्रहरुमा एक्लै ऊँट चराइरहेका नेपालीले सुन्नेगरी भन्नुछआउनुस् कृषी गर्नुस् तपाईले गरेको श्रम खेर जाँदैन ।

कृषि मन्त्रालय सम्हालेका केही दिन आफू निराश भएको अनुभव सुनाएका उनले अहिले आत्मबल बढेको बताए । अब केही गर्छु भन्ने उर्जा पलाएको छ, उनले सुनाए ।

कृषिमा विदेशी लगानी आकर्षित गर्न योजना बनाएको बताएका उनले जोडे,‘कृषिबाट उद्यम डुब्दैन मिहेनत खेर जाँदैन । कृषि सुरक्षित छ भन्ने नीती, कार्यक्रम र गतिविधीहरुलाई शंकल्प गरेको बनाएको छु ।

प्रतिक्रिया
सम्बन्धित