बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाल प्रहरीको नयाँ आईजीमा ठाकुर ज्ञवाली नियुक्त

दैनिक नेपाल २०७६ माघ २८ गते १७:०५

काठमाडौं, २८ माघ । नेपाल प्रहरीको २७ औं महानिरिक्षक (आईजी)मा प्रदेश १ प्रहरी प्रमुख डिआईजी ठाकुर ज्ञवालीलाई सरकारले मंगलबार नियुक्त गरेको छ ।

चर्चामा रहेका डिआईजी ज्ञवाली कार्य सम्पादन, मुल्यांकन र ज्येष्ठताका आधारमा एक नम्बरमा रहेका कारण मन्त्रिपरिषद्को बैठकले आईजीमा नियुक्त गरेको हो । गृह मन्त्रालयले उक्त प्रस्ताव पेश गरेको थियो ।

प्रहरीको ३० बर्षे सेवा अवधिका कारण आईजी सर्वेन्द्र खनालसहित, एआईजीहरू पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतसहित १८ डिआईजीले मंगलबारबाट सेवा निवृत्त भएका छन् ।

मंगलबार साँझ नै नवनियुक्त आईजी ज्ञवालीले प्रहरी प्रधान कार्यालयमा खनालको विदाई गर्नेछन् ।

२०४७ असार २५ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ज्ञवालीले आगामी असारसम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

आईज खनालसहितका २२ जना भने २०४६ माघ २९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए ।

खनालसँगै एकै दिन अवकाश पाउने डीआइजीहरुमा मनोज न्यौपाने, सुरेशविक्रम शाह, पिताम्बर अधिकारी, केदार रिजाल, नारायणसिंह खड्का, कमलबहादुर जीटी, शेरबहादुर बस्नेत, दिनेश अमात्य, रामप्रसाद श्रेष्ठ, दीपककुमार थापा छन् । यसैगरी विनोद शर्मा घिमिरे, पूर्णचन्द्र जोशी, दानसिंह बोहरा, हरिभक्त प्रजापति, विकास श्रेष्ठ, महेशविक्रम शाह, सुरज केसी, महेन्द्रकुमार पोखरेल रहेका छन् । यस मध्ये डीआइजी महेशविक्रम शाह वन सेवामा जागिर खाएकाले त्यो अवधि समेत जोडिएर पुसको पहिलो हप्ता नै अवकाश पाएका थिए ।

यसैबीच, प्रहरीको ३० बर्षे सेवा अवधि हटाउने विषय चर्चामा नै सीमित रह्यो ।

प्रतिक्रिया
सम्बन्धित