शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

डन बाहुनलाई १० बर्ष जेल, ७५ हजार जरिवाना

दैनिक नेपाल २०७६ माघ २८ गते १६:०५

काठमाडौं, २८ माघ । गुन्डा नाइके (डन) सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० बर्ष जेल सजाय भएको छ । योसँगै जिल्ला अदालत काठमाडौंले उनलाई ७५ हजार जरिवाना गराउने सजाय पनि सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंले लागु औधष कारोबार र हातहतियार खरखजानामा बाहुनलाई यो सजाय सुनाएको हो । बाहुन १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ परेको प्रहरीले दाबी गरेको थियो ।

खसी बजारमा पक्राउ गरिएको बताए पनि बाहुनलाई भारतीय प्रहरीको सहयोगमा उत्तर प्रदेशबाट पक्राउ गरी नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित