बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

मोटरसाइकल दुर्घटनामा नेकपा स्थानीय नेताको मृत्यु

दैनिक नेपाल २०७६ माघ २८ गते १५:४६

चितवन, २८ माघ । चितवनको माडीमा सोमबार राती भएको मोटरसाइकल दुर्घटनामा नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता दामोदर बस्यालको मृत्यु भएको छ ।

माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गरेका बस्यालले चलाएको प्रदेश नं.३००१प३५९६ नम्बरको मोटरसाइकल वडा नं. ६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो ।

गम्भिर घाइते बस्यालको भरतपुरस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बस्यालको पार्थिव शरिरमा नेकपा चितवन अध्यक्ष यमबहादुर परियार र माडी नगरप्रमुख ठाकुर ढकालले झण्डा ओढाएका थिए । बस्यालले अनेरास्ववियुबाट कम्युनिस्ट राजनीति गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित