बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कांग्रेसले संसद चल्न दियो, अख्तियारलाई नियाँलिरहेको जवाफ

दैनिक नेपाल २०७६ माघ २८ गते १४:००

काठमाडौं, २८ माघ । उपसभापति विजयकुमार गच्छादारलाई बालुवाटार ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेपछि अवरोध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार सदनको कारबाही चल्न दिएको छ ।

तीन दिनसम्म उसले यहि प्रकरणमा अख्तियार सरकारको प्रभावमा आएको भन्दै सदन अवरोध गर्दै आएको थियो ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिशोधका आधारमा गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले सदन अवरोध गर्नुपरेको बताइन् ।

उनले अख्तियारका हरेक गतिविधिलाई नेपाली कांग्रेसले नियाँलिरहेको बताइन् । अख्तियारको ध्यानाकर्षण गराउन र आगामी दिनमा यस्ता गल्ती नदोहोरियोस् भन्नका लागि नै सदन अवरोध गरेको भुसालले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित