शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीलाई धक्का, विकासको मुद्दामा आप पुनः सत्तानजिक

दैनिक नेपाल २०७६ माघ २८ गते १३:२६

काठमाडौं, २८ माघ । भारतको राजधानी नयाँ दिल्लीको विधान सभा चुनावमा भारतीय जनता पार्टीले उठाएको धार्मिक मुद्दा पराजयतिर लागेको छ ।

विकासको मुद्दा लिएर चुनावी मैदानमा उत्रेको सत्तारुढ आम आद्मी पार्टी विजयको नजिक पुगेको छ । ७० विधान सभामा भएको चुनावी मतपरिणाममा आपले ५६ भन्दा बढी सिटमा अग्रता कायम राखेको छ ।

भाजापाले भने १४ सिटमा अग्रता लिएको छ भने कांग्रेस आईले खाता खोल्न सकेको छैन । भारतीय मिडियाका अनुसार अरविन्द केजरीवालको नेतृत्वको आपले पुनः सत्ता कायम राख्ने भएको छ ।

केजरीवालको पार्टीले विजुली, पानी, सवारी साधनको भाडा माफ, शिक्षाका मुद्दामा चुनावी मैदानमा आफूलाई उतारेको थियो । सन् २०१५ को तुलनामा आपको कम सिट संख्या भए पनि यो जीतले दुई तिहाईको सरकार बनाउन सक्नेछ । भाजपाले भने अघिल्लो चुनावको तुलनामा ११ सिट बढाएको छ ।

आपको यो चुनावी नतिजाको रुझानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी छविमा धक्का पुगेको छ । आम साधारणले धार्मिक भन्दा पनि विकासका मुद्दालाई हेर्छन् भन्ने उदाहरण दिएको भारतीय मिडियाले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित