शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अपहरण मुद्दामा कांग्रेस इटहरी सभापति पौडेलविरुद्ध सर्वोच्चमा पुनरावलोकन पत्र

दैनिक नेपाल २०७६ माघ २८ गते १३:१०

इटहरी, २८ माघ । नेपाली कांग्रेसका इटहरी उपमहानगरपालिका सभापति हेमकर्ण पौडेलविरुद्ध अपहरण मुद्दाको पुनरावलोकनका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ ।

१३ माघमा महान्यायाधीवक्तको कार्यालयले सभापति पौडेलविरुद्ध यस्तो पत्र सर्वोच्चमा लेखेको हो । दुर्गाबहादुर अधिकारीले गरेको जाहेरीअनुसार पुनरावलोकन गर्नका लागि महान्यायाधीवक्ताको कार्यालयले चलानी नम्बर ७१०२ को पत्र सर्वोच्चमा पठाएको छ ।

पौडेल पछिल्लो पटक सर्वसम्मतले इटहरी कांग्रेसको सभापति बनेका थिए । उनलाई दुई बर्ष अघि व्यक्ति अपहरण गरेको अभियोगको मुद्दामा सफाई मिलेको थियो । सोही मुद्दा पुनरावलोकनका लागि यस्तो निवदेन परेको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित