बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

कोरोना भाइरसको संक्रमण देखिएपछि पानीजहाज नै क्वारेन्टाइनमा

दैनिक नेपाल २०७६ माघ २८ गते १२:१०

काठमाडाैं, २८ माघ ।   जापानमा कोरोना भाइरसबाट यात्रुहरू संक्रमित भएको पाइएपछि एउटा पानीजहाज नै क्वारेन्टाइनमा राखिएको छ ।

डायमन्ड प्रिन्सेस क्रुजसिपमा झन्डै २५ सय यात्रु रहेको जनाइएको छ । उनीहरुलाई दैनिक ६ फिट वरपर मात्र हिँड्न दिइएको छ ।
उनीहरू बसेको तलामुनि चालक दलका सदस्यसहित एक हजार जना रहेको बताइएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म पानी जहाजमा रहेका १३५ यात्रुमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । तीमध्ये कम्तिमा पनि २० जना अमेरिकी नागरिक हुन् । चीनको वुहानपछि एकै ठाउँमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भएको ठाउँ यही पानीजहाज भएको बताइएको छ ।

चालक दलकै १० जना पनि संक्रमित छन् । सबैको परीक्षण गर्न नसक्दा पानीजहाजमा कति जनालाई संक्रमण छ भने यकिन नभएको जनाइएको छ ।

सबै यात्रुलाई जाँच्न पर्याप्त स्रोत नभएको जापानले जनाएको छ । पानीजहाज फेब्रुअरी ४ देखि दुई सातासम्म क्वारेन्टाइनका लागि ओकोहामा बन्दरगाहमा राखिएको हो ।

प्रतिक्रिया
सम्बन्धित