शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दिल्ली विधानसभा चुनावको मतगणना सुरु, आम आदमी पार्टीलाई प्रारम्भिक अग्रता

दैनिक नेपाल २०७६ माघ २८ गते ११:०४

काठमाडाैं, २८ माघ ।  दिल्ली विधानसभा चुनावको मतगणना आजबाट शुरु भएको छ ।

आज बिहानबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाहरुमा अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टी अगाडि देखिको छ ।

प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी भाजपा दोश्रो स्थानमा रहेको छ भने भारतीय काँग्रेस तेस्रो स्थानमा रहेको छ ।

विधानसभाको चुनावमा आम आदमी पार्टीले नै नयाँ सरकार गठन गर्ने देखाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ ।

मतगणना केन्द्रहरुको बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित