मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

हप्ताको तीनदिन जापानको नारितामा सिधा उडान

दैनिक नेपाल २०७६ माघ २८ गते १०:५२

काठमाडाैं, २८ माघ । नेपाल वायुसेवा निगमले फागुन १९ गतेबाट काठमाडौंबाट जापानको नारितामा ३७ हजारमै सीधा उडान गर्ने भएको छ। यो गन्तव्यमा निगमले साताको तीन दिन सिधा गर्ने भएको छ।

निगमले एयरबसको ए ३३० नामको २७४ सिट क्षमताको वाइडबडी जहाजबाट जापान उडान गर्ने भएको छ। निगमले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने भएको छ।

काठमाडौंबाट बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको लागि उडेको जहाज सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौंमा फर्कने जानकारी गरी निगमले उडान तालिका तय गरेको छ।

निगमले प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार रुपैयाँ निर्धारण गरिएको उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित