शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

हत्या आरोपमा प्रहरीसहित तीन पक्राउ

दैनिक नेपाल २०७६ माघ २८ गते १०:२६
काठमाडाैं, २८ माघ । सिद्धिचरण नगरपालिका–९ का ४१ वर्षीय पृथ्वीबहादुर बानियाँको हत्या आरोपमा एक प्रहरीसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी जवान कार्यरत चेतबहादुर बानियाँ, सैनिक जवान सन्तोष बानियाँ र व्यापारी कुमार वाग्ले छन् । स्वास्थ्यचौकी ज्यामिरेमा कार्यरत बानियाँ गत भदौ ४ गते दिउँसो कुमार वाग्लेको घरनजिक मृत फेला परेका थिए ।
अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको भनिए पनि ६ महिनापछि प्रहरीले हत्या भएको आरोपमा तीनजनाविरुद्ध मुद्दा चलाएको छ ।
लामो अनुसन्धानपछि कसुर गर्ने व्यक्ति पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए । सोमबार अदालतमा बयान सकिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा चलान भएसँगै सैनिक जवान सन्तोष बानियाँ र प्रहरी चेतबहादुर बानियाँ निलम्बनमा परेका छन् । घटना भएको समयमा दुवैजना घरबिदामा गाउँमै थिए ।
प्रतिक्रिया
सम्बन्धित