शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गृहमन्त्रीका भाइलाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश

दैनिक नेपाल २०७६ माघ २८ गते १०:१०

काठमाडौं, २८ माघ ।  उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ ।

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले भारतीय गोर्खाका पूर्व हवल्दार थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा थापालाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत समूहमा आबद्ध भएर व्यवसायीसँग पैसा असुलीमा संलग्न रहेको पाइएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत बिहीबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित