शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोना भाइरसका कारण चीनमा एकैदिन १०८ जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ २८ गते ९:५८

काठमाडौं, २८ माघ ।  कोरोना भाइरसका कारण चीनमा सोमबार एकैदिन १०८ जनाको मृत्यु भएको छ । चिनियाँ अधिकारीले शनिबार मात्रै मृत्युदरमा कमी आएको बताए पनि आइतबार र सोमबार मृतकको संख्या बढेको हो।

आइतबार मात्रै ९७ जनाको मृत्यु भएको थियो। सोमबार मृत्यु हुनेमध्ये १०३ जना हुबेई प्रान्तका थिए।कोरोनाका कारण मृत्यु हुनेको संख्या मंगलबार बिहानसम्म एक हजार १८ पुगेको छ । मुख्यभूमि चीनभर सोमबार थप २ हजार ४ सय ७८ जना नयाँ संक्रमित पाइएका छन्। यो संख्या आइतबारको तुलनामा भने धेरै कम हो।

आइतबार ३ हजार ६२ जना नयाँ संक्रमित भएका थिए । योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले उल्लेख गरेको छ । चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाहिर फिलिपिन्स र हङकङमा एकरएक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित