शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

प्रतिनिधिसभाको बैठक आज बस्दै

दैनिक नेपाल २०७६ माघ २८ गते ९:४६

काठमाडौं, २८ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । यसअघि नेपाली काँग्रेसले पटक पटक आवरोध गरेपछि स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा लगाएको भन्दै काँग्रेसले विरोध जनाएको हो ।

काँग्रेसले एउटै विषयमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर नेता गच्छदारलाई मात्र मुद्दा लगाएर आरोप लगाएको छ ।

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदले निर्णय गरेपनि प्रस्ताव लैजाने मन्त्रीलाई मात्र मुद्दा दायर गरेर अख्यिारको विश्वसनियतामा प्रश्न उठेको काँग्रेसको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित