शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पूर्वसचिव पत्नी हत्या काण्ड : ‘आत्महत्या’ गरेका चौधरीको अन्डरवेयरमा विर्य र रगत भेटिनुको कारण

दैनिक नेपाल २०७६ माघ २७ गते १९:३८

काठमाडौं, २७ माघ । सीसीटिभी फूटेजमा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारी कार्कीलाई कुटपिट गरेका र आत्महत्या गरेको भनिएका कामदार २२ बर्षिय विजय चौधरीको अन्डरवेयरमा भेटिएको रगत र विर्यका कारण घटना अनुसन्धानले अर्को मोड लिएको छ ।

अनुसन्धानका क्रममा मुनाको महिनावारी चलिरहेको तथ्य पनि बाहिर आएको छ । केही दृश्य फूटेजमा नपरेका कारण पनि सोमबार भएको यो घटनाले अर्को मोड लिएको हो ।

मृतक मुना अधिकारी कार्की

कुटपिट गर्ने चौधरी पनि मृत अवस्थामा भेटिएका कारण उनको अन्डरवेयरमा भेटिएको विर्य र रगत कसरी आयो भन्ने यकिन गर्न मुस्किल भएको छ ।

तर चौधरीले ‘बलात्कार’को प्रयास गरेको हुन सक्ने स्वभाविक अनुमान गरिएको छ । त्यसको प्रतिकारका क्रममा दुवैजनाबीच कुटाकुट भएको हुनसक्ने अनुमान गरिन्छ । खासगरी केही फूटेजमा दुवैबीच कुटाकुट भएको पनि देख्न सकिन्छ ।

विवरणमा आएअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनालाई भान्सामा न्याकेको भेटियो । तर त्यसको १३ मिनेटसम्मको क्रियाकलाप वा घटनाक्रम क्यामेरामा कैद हुन सकेन ।

१० बजेर २३ मिनेटमा भेटिएको फूटेजमा मुनाको टाउकोमा चौधरीले सात पटक प्रहार गरेका छन् । ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिएको छ । त्यसबीचको समयमा के भयो ? यो शंकास्पद रहेको छ ।

११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की घरमा आइपुग्दा चौधरी झुन्डिएको अवस्थामा देखिए भने मुना किचेनमा लडिरहेको भेटिएको दृश्य छ । यसलाई शंकाको घेरामा राखेर थप अनुसन्धान जारी छ, प्रहरी अधिकारी भन्छन् ।

प्रारम्भिक विश्लेषणअनुसार चौधरीले मुनामाथि जबरजस्ती करणीको प्रयास गरेको हुनसक्छ र त्यसको प्रतिकार हुँदा हाथापाई र कुटाकुट हुनसक्छ । यसका अलावा घटना बाहिर आउने त्रासले चौधरीले आत्महत्या गरेका पनि हुन सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित