
काठमाडाैं, २७ माघ । कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट ज्यान गुमाएका राजेश चौधरी र मुन्ना चौधरीका परिवारलाई सात सात क्षतिपूर्ति दिने सहमति भएको छ ।
मृतकका परिवार र टिपर साहुबीच भएको सहमतिमा सात सात लाखमा सहमति भएको हो ।
कालिमाटी प्रहरी वृत्तमा बिहीबारदेखि दुई पक्षबीच वार्ता भइरहेकोमा शुक्रबार सहमति भएको हो। रौतहट कटहरि ७ का मुन्ना र कटहरि ४ का राजेशलाई गत बुधबार राति टिपरले ठक्कर दिएको थियो ।
मृतक दुबै जना काठमाडौंको ग्यारेजमा काम गर्दै आएका थिए ।











प्रतिक्रिया