शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नयाँ प्रहरी महानिरीक्षकबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

दैनिक नेपाल २०७६ माघ २७ गते १२:४७

काठमाडौं, २७ माघ ।   नयाँ प्रहरी महानिरीक्षकबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण भोलिदेखि अवकास पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद भोलिदेखि रिक्त हुँदैछ ।

डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय महानिरीक्षकको दाबेदार रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित