शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ए डिभिजन लिग फुटबलमा एपीएफद्वारा फ्रेन्ड्स क्लव पराजित

दैनिक नेपाल २०७६ माघ २७ गते १२:२२

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल सुरु भएका छन् ।

१२ औं चरणको पहिलो खेलमा सशष्त्र प्रहरीको एपीएफ टिमले फ्रेन्ड्स क्लबमाथि सानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई ५–२ ले हराउँदै एपिएफले रेलीगेशनबाट जोगिने संभावना बलियो पारेको छ ।

एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २–२ गोल गर्दा कप्तान टोप बहादुर बिष्टले एक गोल थपे ।

फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे । जारी लिगमा एपीएफको यो दोस्रो जित हो ।

जितसँगै एपीएफले १२ खेलमा ८ अंक जोड्दै पुछारको सरस्वती युथ क्लबमाथि दबाब बनाएको छ ।

सरस्वतीले अब रलिगेशनबाट जोगिन बाँकी दुबै खेल जित्नुपर्नेछ भने एपिएफले आफ्नो अन्तिम खेल हार्नुपर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित