शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ए डिभिजन लिगमा १२औँ चरणको खेल हुँदै

दैनिक नेपाल २०७६ माघ २७ गते ११:३८

काठमाडौं, २७ माघ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल हुँदै छन् । १२ औं चरण अन्तर्गत आज तीन वटा खेल हुँदै छन् ।

पहिलो खेलमा विभागिय टोली एपीएफ र फ्रेण्ड्स भिडिरहेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिँदा एपीएफले २-० को अग्रता बनाएको छ ।

एपीएफका लागि दुवै गोल आशिष लामाले गरे । खेलको १२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ४० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाए । एपीएफ पुछारबाट दोस्रो स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ ।

यस्तै अर्को खेलमा मध्यान्ह सवा १२ बजे च्यासल र सरस्वती भिड्ने छन् । च्यासल १० औं तथा सरस्वती पुछारमा छ ।

तेस्रो खेलमा दिउँसो साढे ३ बजे संकटा र मछिन्द्रक्लवले प्रतिष्पर्धा गर्ने तालिका तय भएको छ । यो खेलमा मछिन्द्र विजयी भए शीर्ष स्थानमा उक्लने छ भने पराजित भए उपाधि होडमा पछि पर्ने खतरा रहने छ ।

यसअघि हलचोक मैदानमा पनि प्रतियोगिता गराउने तयारी गरि तालिका प्रकाशन गरे पनि क्लबहरुले हलचोक मैदानमा खेल्न नमाने पछि अन्तिम खेलबाहेक सबै खेल सातदोवाटोमा हुने भएका छन् ।

गत संस्करणको उप विजेता संकटालाई पनि टप सिक्सभित्र पर्नका लागि जित आवश्यक छ । अब सबै टिमका दुई दुई खेल बाँकी रहेकाले उपाधि होड भने रोमाञ्चक बनेको छ ।

शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीको २६ अंक छ भने दोस्रो स्थानमा रहेको मछिन्द्रको २५ तथा तेस्रो स्थानमा रहेको मनाङको २२ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित