१ कार्तिक २०८३, आइतबार

अष्ट्रेलियामा भिषण वर्षापछि डडेलो रोकियो फेरी बाढीले जनजीवन अस्तव्यस्त

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ ।  अष्ट्रेलिया लामो समयदेखि फैलिएको डडेलो निभेको छ । ३० वर्षयताकै ठूलो पानी परेपछि दुई महिनाअघि देखि फैलिएको डडेलो नियन्त्रणमा आएको हो ।

चार दिनमा झण्डै चार सय मिलिमिटर पानी पर्दा आगो निभे पनि बाढीका कारण सिड्नीको जनजीवन भने अस्तव्यस्त भएको छ ।

बाढीका कारण हजारौँ मानिस घर छाडेर सुरक्षित ठाउँमा गएका छन् भने रेल र डुङ्गा सेवा अवरुद्ध भएको छ ।

झण्डै एक लाख घरमा बिजुली अवरुद्ध भएको छ ।

अचानक ठूलो बाढी समेत आउन सक्ने त्यहाँको मौसम सम्बन्धी कार्यालयले चेतावनी दिएको छ ।