शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो

दैनिक नेपाल २०७६ माघ २७ गते १०:२०

काठमाडौं, २७ माघ ।   चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । सोमबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ ।

ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन् । यस रोगबाट देशभर हालसम्म ४० हजार १ सय ७१ जना प्रभावित भएका छन् ।

अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । हालसम्म चीनबाहिर हङकङमा एक जना र फिलिपिन्समा एक जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित