१ कार्तिक २०८३, आइतबार

चीनमा काेराेना भाइरसबाट एकै दिन ९७ जनाकाे मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, २७ माघ । चीनमा महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण एकै दिन ९७ जनाको मृत्यु भएको छ । आइतबार एकै दिन नोवेल कोरोनाका कारण ९७ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको हो ।

कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको छ। चीनमा नोवेल कोरोनाका कारण नयाँ संक्रमित हुनेको संख्या भने स्थिर रहेको छ । चीनभर हालसम्म ४० हजार १७१ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हाल एक लाख ८७ हजार ५१८ जनालाई निगरानीमा राखिएको छ । चीनले दिएको तथ्यांक अनुसार अहिलेसम्म तीन हजार २८१ जना उपचारपछि नोवेल कोरोना भाइरसको संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

संक्रमित तथा मृत्यु हुनेमा अधिकांश चीनको हुबेइ प्रान्तका छन् । हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक नोवेल कोरोना भाइरसको संक्रमण देखिएको थियो । एक करोड १० लाख भन्दा बढी मानिसको बसोबास रहेको वुहान शहर विगत केही हप्तादेखि बन्द रहेको छ ।