बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खराब बलिङका कारण नेपाल ओमानसँग फेरि पराजित

दैनिक नेपाल २०७६ माघ २६ गते १६:४४

काठमाडौं, २६ माघ । खराब बलिङका कारण नेपालले ओमानसँग आइतबार अर्को हार व्यहोरेको छ । २५० रनको लक्ष्य दिएको नेपालले उत्कृष्ट बलिङ गर्न नसक्दा ओमानले २ विकेटको क्षतिमा ४७.२ ओभरमा सहजै लक्ष्य भेट्टायो ।

आइसीसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक स्पर्धामा ओमानका उपकप्तान अकिब इल्यासको अलराउण्डर प्रदर्शन गर्दा नेपाल ८ विकेटले पराजित भएको हो ।

इल्यासले बलिङमा४ विकेट लिए भने ब्याटिङमा शतक कटाए । उनले अविजित १०९ रन बनाए ।

त्यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक प्रेरित नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो । जुन ओडिआईमा नेपालको दोस्रो ठूलो अंक तालिका हो ।

नेपालका लागि ओडिआईमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका मल्लले ५६ रन बनाए ।  यस्तै पारस खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ शेख र कुशल मल्लले समान २८, सुवास खकुरेलले २२, करण केसीले १० रन बनाए । सन्दीप लामिछानेले अविजित १० रन जोड्दा डेब्यु ब्वाए कमल सिंह ऐरीले अविजित ९ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरी भने खाता नखोली आउट भए ।

नेपालको बलिङमा आश गरी ७ बर्षपछि जीत निकाल्ने अपेक्षा अधुरै रह्यो । बलिङमा नेपालका कोही पनि चम्किन सकेनन् भने फिल्डिङ पनि झुर बन्यो ।

प्रतिक्रिया
सम्बन्धित