बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नेपालले दियो ओमानलाई २५० रनको लक्ष्य

दैनिक नेपाल २०७६ माघ २६ गते १३:१८

काठमाडौं, २६ माघ ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपाल अहिले ओमानसँग भिड्दै छ। पहिले व्याटिङ गरेको नेपालले ओमानलाई जितका लागि २५० रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको छ।

५० ओभरमा नेपालले ८ विकेट गुमाएर २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । पारस खड्काले ३८, विनोद भण्डारीले ३५, कुशल मल्ल २८, ओपनर सुवास खकुरेलले २२, आरिफ शेखले २८, करण केसीले १०, सन्दीप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए उपकप्तान दिपेन्द्रसिंह ऐरी शुन्य रन मै आउट भए ।

ओमानका लागि अकिब इलियासले ४ र मोहमद नादिनले नेपालको ३ विकेट लिए।

पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले हारेको थियो । शनिबार भएको दोस्रो खेलमा भने नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित