शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विश्वकप क्रिकेट लिग–२ : ओमान विरुद्व नेपाल व्याटिङ गर्दै

दैनिक नेपाल २०७६ माघ २६ गते १०:४१

काठमाडौं, २६ माघ ।   जारी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र ओमन भिडिरहेका छन् । टियू क्रिकेट मैदान किर्तीपूरमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गरिरहेको छ ।

श्रृंखलाको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज उक्त हारको बदला लिने अभियानमा छ । जारी श्रृंखलामा ओमनले लगातार दुई खेल जितेको छ ।

नेपालले एक जित र एक हार वेहोरेको छ भने अमेरिका लगातार दुई खेलमा पराजित भएको छ । आजको खेल जितेको खण्डमा नेपालले श्रृंखलामा अग्रता लिने अवसर पाउनेछ ।

प्रतिक्रिया
सम्बन्धित