५ कार्तिक २०८३, बिहिबार

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ ।  चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८११ पुगेको छ ।

भाइरसका कारण संक्रमित हुनेको संख्या ३४ हजार भन्दा बढी रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

चीनको एक अस्पतालमा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ । भाइरसबाट चीनमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

बेइजिङस्थित अमेरिकी दुतावासले ६० वर्षका आफ्ना एक नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् २००३ मा फैलिएको स्वास्प्रश्वास सम्बन्धी समस्या (सार्स) प्रकोप भन्दा बढी चीनमा कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

अन्य देशहरुमा पनि संक्रमितहरुको संख्या बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् ।