थाइल्याण्ड, २६ माघ । थाइल्याण्डको उत्तर–पूर्वमा रहेको शहर नाखोन रातचासिममा एक जुनियर सैनिक अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको छ। अरु ३१ जना घाइते भएका छन्।
ती सैनिक जवानले शनिबार सैनिक क्याम्पमा आफ्ना कमाण्डरको गोली हानी हत्या गरेर स्थानीय सपिङ सेन्टरमा पनि अन्धाधुन्ध गोली चलाएका हुन्। जंकाराफंथ थोमा नाम गरेका ती सैनिक रातभर सोही सपिङ सेन्टरमा लुकेका थिए।
जवाफी कारवाहीको क्रममा आक्रमणकारी थोमा आइतबार बिहान मारिएको थाइ प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
कोरातका नामले समेत चिनेने नाखोन रातचासिम शहरको सपिङ सेन्टरमा उनले अन्धाधुन्ध गोली चलाएका हुन्। आक्रमणकारी थोमाले सामाजिक सञ्चालमा केही सामग्री पोस्ट गरेका छन् । उनले आक्रमण किन गरेका हुन् भन्ने खुलेको छैन।















प्रतिक्रिया