बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कुशल मल्लको किर्तिमानी, नेपालले निकाल्यो जीत

दैनिक नेपाल २०७६ माघ २५ गते १७:५७

काठमाडौं, २५ माघ । अलराउन्डर कुशल मल्लको डेब्यु अर्धशतकीय पारीसँगै आइसीसी क्रिकेट विश्वकप लिग लिग२ मा अमेरिकालाई पराजित गरेको छ ।

बलहरूको उत्कृष्ट प्रदशर्नसँगै नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको हो । जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा खाता खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग नेपाल पराजित भएको थियो ।

विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो ।

नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन मात्र बनायो  ।

१९१ को लक्ष्य पछ्याएको अमेरिकाले खराब शुरुवात गरेको थियो । करण केसी र सन्दीप लामिछानेको जोडीले शुरुवाती ४ ओभरमै ४ विकेट लिएपछि नेपालले खेललाई आफ्नो खातामा फर्काउने लख काटिएको थियो ।

पहिलो ओभरमा करण केसीले २ रन मात्र दिएका थिए । खेलको दोस्रो ओभरमै बलिङ गरेका स्पीनर सन्दीपले आरोन जोन्सलाई चौथो बलमा एलबीडब्लु आउट गर्दै पहिलो सफलता दिलाए । तेस्रो ओभरमा करण केसीले २ विकेट लिए । करणले स्टेभेन टेलरलाई दिपेन्द्रको हातबाट क्याचआउट गराए । भने अन्तिम बलमा जेभियर मार्सललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।

चौथो ओभरमा सन्दीपले ४ रन बनाएका मोनांक पटेललाई एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो विकेट दिलाए । १३ रनमै ४ विकेट गुमाएको अमेरिकाले २७ रन हुँदा पाँचौ विकेट गुमाएपछि नेपालको खातामा खेल पुग्ने निश्चितप्रायः बनेको थियो ।

उत्कृष्ट बलिङ गरेको नेपालको लागि अर्धशतक बनाएका कुशल मल्ले पनि विकेट लिए । उनले २२औं ओभरको पहिलो बलमा एलमोर हचिनसनलाई बोल्ड गर्द नेपालको लागि सातौं सफलता दिलाए ।

यस्तै सुशन भारीले ३ विकेट लिए । अघिल्लो खेलमा ओमानविरुद्ध ओडिआईमा डेब्यु गर्दै ३ विकेट लिएका सुशनले अमेरिकाविरुद्ध १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित