शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

भिर्नि झोलाले गायक अखेलीलाई व्यस्तता बढायो

दैनिक नेपाल २०७६ माघ २५ गते १३:४३

काठमाडौं । पछिल्लो समयमा बजारमा आयको भिर्नि झोला बोलको लोक दोहोरी गीतले स्रोता दर्शकको मन जितेको छ ।

उक्त गीतले टिकटकदेखि विभिन्न कार्यक्रममा पनि चर्चा पाउन थालेको छ । गीतसँगै गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछाने पनि अहिले स्टेज कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

नेपाली लोक गीतसंगितको क्षेत्रमा अखेलीको माग बढिरहेको छ । धौलागिरी हुँदै देशका प्रायः कार्यक्रमहरूमा उनको खोजी हुन थालेको छ । पेशाले रेडियोकर्मी हुन् अखेली ।

उनले ५ दर्जन बढी चर्चित लोकगीत बजारमा ल्याएका छन् । कलाकारले देखे, सेते दाईसँग पार्सल पठा छु, आउने जाने बसैको भाडा तिरौंला, मोदीको पानी, माछा पायँले, आँधिखोलालगायतका गीतमा उनको स्वर, शव्द र लयको योगदान छ ।

भाडा तिरम्ला पछि भिर्नि झोलाले नै चर्चामा पुराएको गायक अखेली बताउँछन् । ०६२ सालमा काठमाडौंमा २ लाख रकम खर्चेर एल्बम निकाल्न आउँदा दुख पाएका अखेलीलाई दाई शिव अखेलीले पछि सहयोग गरेपछि सांगितिक क्षेत्रमा दमदार पुनरागमन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित