४ कार्तिक २०८३, बुधबार

अभिनेत्री आँचल शर्माको बिहे फागुन अन्तिममा तय

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘नाई नभन्नु ल २’बाट ठूलो पर्दामा देखिएकी अभिनेत्री आँचल शर्माको बिहेका मिति तय भएको छ । प्रेमी डा. उदिप श्रेष्ठसँग शर्माको बिहे फागुनको अन्तिम साता हुने बताइएको छ ।

केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको पारिवारिक सल्लाह र समझदारीका आधारमा नै बिहे हुन लागेको छ । बिहेको केही समयअघि फूलमाला समेत हुने शर्माले खुलाएकी छन् ।

विभिन्न म्युजिक भिडियोमा सक्रिय रहेकी शर्माले बिहे पछि पनि रंगमञ्चको दुनियाँ नछाड्ने घोषणा गरेकी छन् ।

बेलामौका मिडियासँगको विवादमा तानिने गरेकी शर्मा पछिल्लो समय फिल्ममा भन्दा पनि म्युजिक भिडियोमा अभ्यस्त थिइन् ।