३ कार्तिक २०८३, मंगलबार

आलम प्रकरण : आलमलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालतको आदेश

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ माघ ।  पहिलो संविधानसभाको निर्वाचनका बेला बुथ कब्जा गर्ने उदेश्यले बम बनाउने क्रममा बम विष्फोट भई घाइते भएकालाई जिउँदै इँटाभट्टामा हाली हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रौतहटका कांग्रेस नेता मोहमद अफताव आलमको मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जिल्लाको निर्णयलाई सदर गरिदिएको छ ।

दुवै पक्षको शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले जिल्लाको निर्णय नै सदर गर्दै थुनामै राखेर मुद्दाको थप कारबाही प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

रौतहट जिल्ला अदालतमा सो मुद्दाको स्वच्छ सुनुवाइमा असर पर्ने भन्दै वादीका तर्फबाट नारायणसिंह राजपुतसहित नेपाल सरकारले पर्सामा मुद्दाको सुनुवाइ सार्न उच्च अदालत वीरगन्जमा जाहेरी दिएका थिए ।

त्यसैगरी, प्रतिवादी आलमले पनि रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेर कारबाही गर्न दिएको निर्णय बदर गरी थुनामुक्त गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै उच्च अदालत अस्थायी इजलास वीरगन्जमा अर्को जाहेरी दिएका थिए ।

दुवै जाहेरीको शुक्रबार सुनुवाइ गर्दै जिल्लाको निर्णय नै सदर गर्दै थुनामा नै राखेर मुद्दाको थप कारबाही प्रक्रिया अघि बढाउन आदेश भएको हाे ।

गत २ माघमा दुवै पक्षको निवेदनउपर कोबहस पछि किनारा लगाउने भनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डिल्लीराज आचार्य र सत्यमोहन जोशी थारूको संयुक्त इजलासले गत १७ पुसमा नै आदेश दिएका थिए ।

तर, २ माघ आउन लाग्दा प्रतिवादी आलमकै तर्फबाट समय माग भएको थियो ।