शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

प्रशिक्षकले फरक व्यवहार गरेको डिफेन्डर ड्यानी रोजकाे आरोप

दैनिक नेपाल २०७६ माघ २५ गते १०:१०

लण्डन, २५ माघ । प्रशिक्षक जोसे मोरिन्होले आफूमाथि फरक व्यवहार गरेको आरोप डिफेन्डर ड्यानी रोजले लगाएका छन् । न्युक्यासलबाट लोनमा टोटनह्याम आएका रोजले प्रशिक्षकमाथि आफूलाई अवसर नदिएको आरोप लगाएका हुन् ।

प्रशिक्षक मोरिन्हाले अरु डिफेन्डरलाई जस्तै आफूलाई अवसर नदिएको र त्यसले गर्दा आफ्नो क्षमता प्रमाणित गर्न नपाएको रोजको भनाई छ ।

२९ वर्षका रोजले टोटनह्यामबाट यो सिजनको सुरुमा १६ खेलमा खेल्ने मौका पाएका थिए, तर माउरिसिओ पोकेटिनो बर्खास्त भइ मोरिन्हो प्रशिक्षकका रुपमा आएपछि भने मात्रै पाँच खेलमा उनले मौका पाएका छन् ।

नोभेम्बर २० मा मोरिन्हो टोटनह्यामको प्रशिक्षकमा नियुक्त भएका थिए।

बीबीसीसँगको कुराकानीमा रोजले भनेका छन्, ‘डिफेन्सका अरु खेलाडीलाई जस्तो मलाई समान अवसर दिइएको छैन भन्ने महसुस भएको छ । म मोरिन्होका लागि खेल्न चाहन्छु । तर मोरिन्हो प्रशिक्षक बनेको महिना दिनभित्रै मैले खेल्न पाउने छैन भन्ने थाहा पाएको थिएँ र खेल्न पाउँदिन भन्ने जानेपछि प्रशिक्षण गर्न कठिन हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित