मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

कोरोना भाइरसका कारण चीनमा शुत्रबार मात्रै ८६ जनाको मृत्यु

दैनिक नेपाल २०७६ माघ २५ गते ९:४७

काठमाडौं, २५ माघ ।  कोरोना भाइरसबाट शुत्रबार मात्रै चीनमा ८६ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या  ७२२ पुगेको छ । चीनबाहिर २ जनाको उक्त भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको पछिल्लो जानकारीअनुसार शनिबार बिहानसम्म थप ८६ जनाको मृत्यु भएको हो।

शुक्रबार मृत्यु भएकामा कोरोनाको उद्गम स्थल मानिएको हुवेई प्रान्तका ८१ जना रहेका छन् भने ५ मृतक अन्य प्रान्तका रहेका छन्। कोरोना भाइरसबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको यसअघि मृत्यु भएको थियो।

शुक्रबार थप ३ हजार ३९९ जनामा कोरोनाको संक्रमण देखा परेको आयोगले जनाएको छ । हालसम्म चीनमा मात्रै कोरोनाबाट संक्रमितको संख्या ३४ हजार ५४६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित