शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कर छली काण्डमा परे महँगा भारतीय नायक

दैनिक नेपाल २०७६ माघ २५ गते ७:५२

चेन्नई । तमिल अभिनेता विजय विवादमा परेका छन् । कर छलीलाई लिएर उनी विवादमा तानिएका हुन् ।

आयकर विभागले अभिनेता विजयको घर र फिल्म निर्माण कम्पनी कम्पनीसहित ३८ वटा परिसरबाट विभागले ७७ करोड भारू जफत गरेको थियो ।

उनीसहित लगानीकर्ता जिएज अन्बु चेझियान र विरतरकको चेन्नई र मदुरैमा रहेको विभिन्न परिसरबाट सो रकम जफम गरिएका थिए । सो खबर थाहा पाएलगत्तै उनी ‘मास्टर’ फिल्मको सुटिङ रोकेर घर फर्किएका थिए।

आयकर विभागका स्रोतका अनुसार जफत गरिएका रकम अभिनेता विजयको सुपरहिट फिल्म ‘बिजिल’ का लगानीकर्ताको हो ।

‘अभिनेता विजयले कर छली गरेको विषयमा विभागबाट खटिएको टोलीले उनीको मातहतमा रहेको विभिन्न परिसरबाट ७७ करोड भारू जफत गरिएको छ ।

जफत गरिएको रकमको स्रोतसम्बन्धमा अनुसन्धान शुरू भएको छ,’ विभागकी प्रवक्ता सुरभी अल्लुवालीले भनिन्, ‘फिल्म क्षेत्रमा चार मुख्य फिल्मकर्मीहरूको घर र अफिसबाट सो रकम जफत गरिएका हुन् ।’

अभिनेता विजयको ‘बिजिल’ ले बक्स–अफिसमा तीन सय करोड कलेक्सन गरेको थियो। सो फिल्मका वितरक बस्दै आएको घरबाट ७७ करोड जफत गरिएको विभागले जनाएको छ ।

कर छलीको आशंकामा अनुसन्धान सुरु गरिने भएको छ। सो फिल्ममा अभिनेता विजयसहित नयनतारा, ज्याकी श्राफ र योगी बाबुलगायत कलाकारले अभिनय गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित