शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

ए डिभिजन लिग फुटबलमा आज थ्रीस्टार र संकटा, पुलिस र बीबीसी भिड्ने

दैनिक नेपाल २०७६ माघ २४ गते १०:०३

काठमाडौँ, २४ माघ ।   शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटा मैदानमा बिहान साढे ११ बजे थ्रीस्टार क्लबले संकटासंग खेल्दैछ ।

सोही मैदानमा दिउँसो ३ बजे नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाईज क्लब (बिबिसी)सँग प्रतिस्पर्धा गर्नेछ ।

लिगमा एघारौं चरणका खेलहरु चलिरहँदा उपाधि होड रोचक बनेको छ । हिजोका खेलहरुमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब विजयी भएका छन् ।

शिर्ष दुई स्थानमा रहेको यी दुई टोलीहरुको जितले उपाधि होडलाई थप रोचक मोडमा पुर्‍याएको छ ।

हिजोको खेलमा आर्मी क्लबले विभागिय प्रतिद्धन्दी सशष्त्र प्रहरीको एपिएफ टिमलाई २–१ ले हराउँदा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबमाथि ६–१ को जित निकाल्यो ।

हिजोका खेलहरुपछि ए डिभिजन लिगको अंक तालिकामा ११ खेलबाट २६ अंक जोडेको आर्मी क्लब शिर्ष स्थानमा रहेको छ ।

समान खेलबाट २५ अंक जोडेको मच्छिन्द्र क्लब दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको मनाङ मस्र्याग्दी क्लब १९ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित