१ कार्तिक २०८३, आइतबार

काेराेना भाइरसकाे जानकारी दिने चिकित्सककाे मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 चीन, २४ माघ । चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गकाे पनि कोरोनाकै कारण ज्यान गएको छ ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । चिनियाँ प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

पछि चिकित्सक लीको भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै हीरोकाे रुपमा चर्चा गरिएको थियो ।

यो भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि चीनले अब केही कडा प्रतिबन्ध लागू गर्ने घोषणा गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चीनका केही ठूला शहरहरूमा घर बाहिर साथमा भोजन गर्न रोक लगाइएको छ । केही ठूला भवनको लिफ्ट बन्द गरिएको छ । कति जना व्यक्ति एकैसाथ बाहिर जान सक्छन् भनेर तोकिएको छ ।

चीनका केही शहरमा मास्क समाप्त भएको समाचार बाहिरिएका छन् । चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ ।

गएकाे २४ घण्टामा थप ७३ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो । चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ ।