शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

रजनीकान्तको ‘दरबार’ फ्लप

दैनिक नेपाल २०७६ माघ २४ गते ७:३२

मुम्बई । बलिउड अभिनेता रजनीकान्तको पछिल्लो रिलिज वक्सअफिसमा फ्लप भएको खुलासा भएको छ । सिनेमा फ्लप भएर घाटामा गएपछि एआर मुर्गादोषको निर्देशनमा बनेको फिल्मका वितरकहरूले क्षतिपूर्तिका लागि ७० वर्षीय रजनीकान्त ढोका ढक्ढकाउने भएका छन् ।

उनीहरूले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ । उनीहरूले रजनीकान्तले समस्या बुझेर आफूहरूलाई क्षतिपूर्ति दिने आशा राखेका छन् ।

यसअघि रजनीकान्तले ‘लिङ्गा’ नामक फिल्म फ्लप भएपछि वितरकहरूलाई रकम फिर्ता दिएका थिए । वितरकहरूले फिल्म निर्माण कम्पनी लाइका प्रोडक्सनले कुनै चासो नदिएपछि रजनीकान्तलाई भेट्ने निर्णय गरेका हुन् ।

रजनीकान्तको सो फिल्मको लागत दुई समय करोड भारूमा तयार भएको हो । जसमा रजनीकान्त एक्लैलाई पारिश्रमिक बापत एक सय आठ करोड भारू दिइएको थियो । फिल्मले विश्वव्यापी रुपमा २५० करोड भारू कमाएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित