४ कार्तिक २०८३, बुधबार

नामांकन सकसपछिको राजनीति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २४ माघ । प्रदेश नामकरणको मुद्दा टुंग्याउने उद्घोषसहित प्रदेश १ संसद्को हिउँदे अधिवेशन बिहीबारदेखि सुरु भएको छ। पाँचौं अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शेरधन राईदेखि विपक्षी दलका नेताहरूसम्मले प्रदेशको नाम टुंग्याउने उद्घोष गरेका छन् ।

राजधानीको मुद्दा यसअघि नै टुंगिएको प्रदेश १ मा नामकरणको औपचारिक प्रस्ताव भएको छैन। तर पहिचानमा आधारित नाम राख्ने कि अन्य प्रदेशझैं नदीनालाका नाम रोज्ने भन्ने विषयमा अन्यत्रजस्तै ध्रुवीकरण तीव्र छ ।

सत्तारूढ नेकपा र मुख्य विपक्षी कांग्रेसबाहेकका दलहरूले प्रदेशको नाम पहिचानमा आधारित भएर टुंग्याउनुपर्ने माग गर्दै आएका छन्। बिहीबार पनि संघीय लोकतान्त्रिक मञ्च र समाजवादी पार्टीका नेताहरूले ‘पहिचानयुक्त नाम यही अधिवेशनबाट राख्नुपर्ने’ माग दोहो-याए । समाजवादीका जयराम यादव र संघीय लोकतान्त्रिक मञ्चकी विष्णु तुम्बाहाम्फेले यस्तो माग अघि सारेका थिए ।

जबाफमा मुख्यमन्त्री शेरधन राईले यो मुद्दा ज्यादै जटिल भएको उल्लेख गर्दै सरकारले सहमतिको आधारबिन्दु खोजेर नामांकन टुंगो लगाउने बताए। ‘देशका दिग्गज नेताको सहभागिता रहेको दुईवटा संविधानसभाले टुंग्याउन नसकेको मुद्दा हामीले किनारा लगाउनुपर्नेछ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसैले यो जटिल छ। तर जटिल छ भनेर हामी पन्छिन मिल्दैन। सहमति जुटाएर यो विषय टुंग्याइनेछ।’ उनले यही अधिवेशनमा प्रदेश नामको मुद्दा सदनमा औपचारिक रूपमा दर्ता हुने पनि बताए। नागरिक दैनिकले खबर छापेकाे छ ।