१ कार्तिक २०८३, आइतबार

माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको बिहीबार एक औपचारिक कार्यक्रमबीच उद्घाटन भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा क्यापिटल लिमिटेडको समुद्घाटन गरेका हुन् ।

उक्त समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले माछापुच्छ्रे क्यापिटल लिमिटेडले देशको खुम्चिएको पुँजी बजार क्षेत्रको विकास गर्न तथा नयाँ क्षेत्रहरुको पहिचान गरी नयाँ कार्यक्रमहरु बजारमा ल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गरे ।

साथै, पुँजी बजार क्षेत्रमा नविनता ल्याउन जरुरी भएको परिप्रेक्ष्यमा यस क्यापिटलले थप व्यवसायिकता र थप नयाँ कार्यशैली सहित मर्चेन्ट बैकिंग क्षेत्रमा प्रवेश गर्नेछ भन्ने विश्वास लिएको जानकारी गराए ।

त्यस्तै, माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोज्यूले माछापुच्छ्रे क्यापिटललाई व्यवसायिक शुभारम्भको अवसरमा बधाई दिनु भयो ।

यस क्यापिटलले आफ्नो व्यवसाय बिस्तारको क्रममा राजधानी भित्र मात्र नभै देश भरी रहेका लगानीकर्ताहरुलाई सेवा पुर्याउनु पर्नेमा जोड दिँदै अन्य सेवाको रुपमा क्यापिटललाई विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे । उक्त समारोह माछापुच्छ्रे क्यापिटलका अध्यक्ष सन्तोष कोइरालाको सभापतित्वमा सन्पन्न भएको थियो ।