१ कार्तिक २०८३, आइतबार

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय ६५ पुग्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ ।  कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ६५ पुगेको छ । भाइरसका कारण आजसम्म चीनमा मात्रै पाँच सय ६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।

यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ ।

चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ । हिजो मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो ।