
काठमाडाैं, २३ माघ । नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकार ५१ वर्षीय हरिदेव गिरीको हत्या आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौँ ३१ बानेश्वर आलोकनगरस्थित डि चिफ एण्ड किचन रेष्टुरेष्टमा मृत अवस्थामा भेटिएका गिरीको हत्या भएको आफन्तले बताएका छन् ।
भक्तपुरको एसएस कलेजका संचालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहनु भएका गिरीको शरीरका बिभिन्न अंग र छातीमा निलडाम रहेको, नाक, माथिल्लो ओठमा गहिरो चोट रहेको, टाउँकोमा धारिलो हतियार प्रयोग गरेर गहिरो चोट लागेर रगत बगेको, देब्रे खुट्टा भाँचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकामध्ये दुईजनालाई प्रहरीको सम्पर्कमा रहने गरी छाडिएको र बाँकी दुई नियन्त्रणमै रहेका बोगटीले बताए। गिरीले मदिरासमेत सेवन गरेको पाइएको छ।











प्रतिक्रिया