९ मंसिर २०८३, बुधबार

बुटवलमा व्यवसायिक सटरहरू डोजर चलाएर भत्काइयाे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल वरिपरिका व्यवसायिक सटरमा डोजर चलाएर भत्काइएको छ ।

पटक पटक सूचना प्रकाशित गरी सटर खाली गर्न व्यवसायीलाई आग्रह गरेपनि उनीहरूले अटेर गरेका कारण बिहीबार बिहान डोजर चलाइएर भत्काएको हो ।

प्रदेश सरकारले अस्पतालको विकाससँगै गौरबको आयोजना अघि बढाउन थालेको छ । अस्पतालमा ७३ वटा व्यवसायीक सटरहरू रहेको र जिल्ला अदालत रुपन्देहीले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधबार राति १२ बजे सम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।

अल्टिमेटममा पनि ब्यावसायीहरूले सटर खालि गर्न आनाकानी गरेपछि डोजर चलाइएको इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानाकारी दिए ।