शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बेदना बग्नु पूर्वका ‘क्रोनोलोजी’हरूको खोजीमा

विनोद ढकाल २०७६ माघ २२ गते २२:२१

-विनोद ढकाल

भनिन्छसमयले केही पनि ठिक गर्दैन, यसले त कसरी बाँच्ने भन्ने शिक्षा दिन्छ । आम मानिसले यो भनाईसँगै शिक्षा लिन्छन् या लिन चहाँदैनन् ? यसबारे केही थाहा छैन । तर जीवनको उतारचढावको मुख्य कारणचाहिँ भनाईको सार नै हो । आत्मकेन्द्रित भएर विश्लेषण गर्दा त्यो भेटिन्छ नै ।

क्रोनोलोजी अंग्रेजी शव्द हो । यसलाई सहज हिसाबले बुझ्नका लागि दफाबार श्रृङ्खला भन्दा अलिक सहज होला । आम मानिसका जीवनमा कुनै न कुनै घटनाले स्थान पाएको हुन्छजानेर या नजानेर । भूलबस् अथवा भावावेश अथवा आवश्यकता पनि ।

यो विषयको सामान्यीकरण गर्न दुईवटा मूल घटनामा केन्द्रित भएर छलफल गरौं । एउटा भीआईपी र अर्कोचाहिँ अति साधारण मान्छेको ।

पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार प्रयासको अभियोग । महरा अहिले पूर्पक्षका लागि थुनामा छन् । यो प्रारम्भिक आदेश हो, फैसला हैन ।

यहि प्रकरणमा यो समाजले उनीमाथि गरेको टिप्पणी र व्याख्याका आधारहरूलाई टपक्क टिपौं । समाजका तमाम् संयन्त्रले गरेको टिप्पणी । उनलाई बलात्कारी भनियो । अदालतले बलात्कार गरेको फैसला र ठहर नै गरेको छैन । अभियोगका आधारमा तत्काल अन्तिम फैसला नहुन्जेलका लागि पूर्पक्षका लागि थुनामा पठाएको हो । उनीमाथि अभियोग लगाउने रोशनी शाहीले पटकपटक महराबाट त्यो गल्ती भएको हैन भनी अदालत नै धाइरहेकी छन् । हुनसक्छअन्तिम फैसलामा महरा निर्दोष सावित हुन सक्छन् । त्यसपछि आफूले लेखेका, बोलेका र दिएका बलात्कारीको ट्याग, त्यसले व्यक्तिगत जीवन, पारिवारिक जीवनमा परेको असरको क्षतिपूर्ति दिन्छ ? यो प्रश्न भयो ।

तर महरा प्रकरणमै पनि घटना हुनुअघिसम्मका क्रोनोलोजीहरूमा कोही पनि गएन । राजनीतिक दल र नेता मनपर्दैन थियो, अदालतमा तानियो । अभियोग लाग्यो । यो दोषी नै हो भनेर ठोकुवा गर्न थाल्यो, सामाजिक भनिने असामाजिक क्षेत्रका अमुक न्यायाधीशहरूले ।

महरा र शाहीबीचको सम्बन्ध, चिनजान, उठबस, सर सहयोग, सरुवा बढुवा, नाफा नोक्सानका तमात विषय पनि उठेका थिए । यी सबै गौण बनाइए । तर त्यो घटनापूर्वका क्रोनोलोजीहरूको कुनै अर्थ हुँदैन । त्यो परिणामसम्म पुग्दा भएका अन्य सहायक प्रकरणहरूबारे समाजले अध्ययन, अनुसन्धान गर्नुपर्दैन- आफ्नो धारणा, टिप्पणी र ठहर राख्दा ? यहाँ त मिडियाले पनि गरेनन् । किनभने अति आदर्शवादी बन्नुपर्ने कोरोना भाइरस छ । महराका वेदना डिल्लिबजार कारागारका कुन-कुन कुनामा बगेका छन्, मनभरी कति पहिरो गएको छ त्यो तिनैसँग होला । अदालतले दोषी भनिसकेको छैन, सजाय तोकिसकेको छैन । समाजले उनको अपराध र सजायको फैसला गरिसकेको छ ।

पर्याप्त विकल्प भएको समाजशास्त्रीय वातावरणमा कसैको चेत, विवेक र भावनाको हत्या गर्नु के ठूलो कुरा हुन्छ र ? त्यसैले एउटा अमुक मानिसका बेदना बग्ने क्रोनोलोजीहरूको खोजी, कारण र सतहसहित पृष्ठभूमीको राम्रो अध्ययन नगर्दा तमाम न्यायाधीश बन्नेहरूले कसरी न्याय दिन सक्लान् ?

अब अर्को उदाहरणतिर छिरौं ।

केही दिन अघि ७३ भन्दा बढी युवायुवतीलाई प्रहरीले बसपार्क क्षेत्रबाट पक्राउ गरी मुद्दा चलाएको छ । यौनधन्दा गरेको आरोप छ । मुद्दाको प्रक्रिया अघि बढीरहेको होला ।

तर त्यहाँभित्र रहेका प्रत्येक मानिसका मिहिन कथाभित्र छिर्ने फूर्सद यो समाजमा छैन, न्यायाधीश बन्ने अवसरहरू फालाफाल छन् । त्यहाँसम्म पुग्नुपर्ने कुनै अमुक महिलाले भोगेका पारिवारिक, सामाजिक व्यथाको क्रोनोलोजीमा समाजलाई छिर्न फूर्सद छैन ।

भोको सन्तान पाल्नका लागि गर गहना केही पनि बेच्न नभएपछि शरिर बेच्न पुगेकी बाध्यताभित्र बेदना पोख्ने छैन होला र ? यो समाजले उसलाई अनेक नाम दिन्छन् । बहुनाममा बदनाम भएर हिँड्ने एउटी महिला त्यो तहसम्म पुग्नुपर्ने घटनाक्रमको कथा कसले बुझेको छ र ? कसलाई सुन्ने फूर्सद पनि यहाँ छ र ? हामी समाजशास्त्री, विषयविज्ञ, न्यायाधीश । ठाउँको ठाउँ न्याय दिन सक्छौं । लगाईदिऔं बात, भनिदिऔं आदर्शको कुरा । त्यो आईमाई बेश्या हो । (आईमाई शव्द चलनचल्तीको भाषा भएकाले प्रस्तुत गरिएको हो, अन्यथा बुझाउने लेखकको प्रयत्न होइन ।)

कुनै पनि घटना या अभियोगका अनेक पाटा हुन्छन् । सोलोडोलो आफ्नो विचार र त्यसैमा निर्माण गरिएको धारणाका आधारमा न्यायाधीश बन्नु कति उपयुक्त हुन्छ ? यहि प्रश्नको पेरीफेरिमा रहेर विचरण नगरी नहुने अवस्था छ ।

मान्छेका कमजोरी हुन्छन् । एउटा मान्छेको सबैभन्दा ठूलो कमजोरी भनेको उसको नाभी हो । नाभीमाथिको प्रहार र आक्रमण शारिरीक रुपमा उ निक्कै कमजोर बन्छ । उसका अनेक अंग प्रत्यंगमा आक्रमण गर्न अनि सहज हुन्छ । र, अर्को कमजोरी भावुकता हो । झूठको पूलिन्दामा उभिएर आरोप मात्रै लगाइदियो, त्यसलाई अफवाह बनाइदियो भने उसँग लुक्नु अथवा मर्नुको विकल्प हुँदैन । नेपाली समाजशास्त्रीय मनोविज्ञान यसरी नै हुर्किरहेको छ । परिवार परिवारबीचका सम्बन्धका आयामहरूमा यस्तै हुन्छन् । किनकी अहिले सम्पर्क र सम्बन्धका लागि विकल्पहरू पर्याप्त छन् । पर्याप्त विकल्प भएको समाजशास्त्रीय वातावरणमा कसैको चेत, विवेक र भावनाको हत्या गर्नु के ठूलो कुरा हुन्छ र ? त्यसैले एउटा अमुक मानिसका बेदना बग्ने क्रोनोलोजीहरूको खोजी, कारण र सतहसहित पृष्ठभूमीको राम्रो अध्ययन नगर्दा तमाम न्यायाधीश बन्नेहरूले कसरी न्याय दिन सक्लान् ? आरोप नै तथ्य हो, त्यसैको धरातलमा नै न्याय र अन्याय छुट्याउने सामाजिक चरित्रको बिम्बमा हुर्किने समाज अझ कति बर्षसम्म रहला

प्रतिक्रिया
सम्बन्धित