शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बाँसुरी मात्र हैन प्रधानमन्त्री गिटार पनि कुशलताका साथ बजाउँछन्

दैनिक नेपाल २०७६ माघ २२ गते १०:१७

काठमाडौं, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ बालुवाटारमा संगितमय वातावरण बनाए । उनले बाँसुरी बजाए ।

संगितसँग नजिक रहेका प्रधानमन्त्री ओलीले सोमबार साँझ पनि बालुवाटारमा केन्द्रीय सदस्यलाई संगितमय वातावरणमा रात्रीभोज दिएका थिए ।

मंगलबार भने नेकपा सचिवालयका नेता दम्पत्ती र विभिन्न मिडियाका सम्पादकसँग बसेका थिए, प्रधानमन्त्री ओली ।

दिनेश डिसीले प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल र माधव नेपाललाई सांगितिक माहौलमा रौनक थप्न आग्रह गरेका थिए । सो क्रममा ओलीको हातमा परेको थियो बाँसुरी ।

बाँसुरीमात्र होइन, प्रधानमन्त्री ओली गिटार अझ कुशलताका साथ बजाउने गर्छन् । उनलाई बाध्यबाधनसँग अधिक प्रेम छ । त्यसैले नीजि निवास भक्तपुरको बालकोटमा उनका सांगितीक बाध्यबाधन सजाएर राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित